मुम्बईको अंधेरी वेस्ट इलाकाको चित्रकूट स्टुडियोमा आगलागी

१४ साउन, एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर तथा निर्देशक लव रञ्जनको नाम नखुलेको फिल्मको सेटमा शुक्रबार दिउँसो आगलागी भएको छ ।

मुम्बईको अंधेरी वेस्ट इलाकाको चित्रकूट स्टुडियोमा काम भइरहेको बेलामा आगलागी भएको थियो । स्टुडियोमा प्लाष्टिक र थर्मोकोटको सेट राखिएको हुनाले आगो निभाउन गाह्रो भएको थियो । आगो निभाउन १२ भन्दा बढी दमकल पुगेका थिए ।

frontline

भारतीय सञ्चार माध्यमका अनुसार सेटमा प्रि-लाइटिङ भइरहेको बेला आगो लागेको हो । फिल्मका निर्देशक लव रञ्जन यहाँ आफ्नो फिल्मको गीत सुटिङ गर्ने योजनामा ​​थिए । यद्यपी यस दुर्घटनामा मानवीय क्षति भने भएको छैन् । साथै आगलागीको कारण भने खुल्न सकेको छैन ।

आगलागी भएको फिल्मको सेट सँगै रहेको राजश्री प्रोडक्सनको दुई सेटमा पनि आगलागी भएको थियो । सनी देओलका छोरा तथा अभिनेता राजवीर देओल पनि यहाँ सुटिङ गरिरहेका थिए । आगलागी पछि सुटिङ रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here