मुख्य एजेण्डा दोहोरो नेपाली नागरिकता :ज्ञानेन्द्र गुरुङ

नेपालको रमणीय तथा ऐतिहासिक जिल्ला लमजुङ जन्मनुभएका ज्ञानेन्द्र गुरुङ क्यालिफोर्निया स्थित नेपाली समाजमा परिचित नाम हो ।
सन २००४ देखी लस एन्जलसलाई कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएको गुरुङको आफ्नै छुट्टै पहिचान र पक्कड रहेको छ।

frontline

उहाँ नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ सोसाइटी अफ लसएन्जल्सको कार्यरत अध्यक्ष पनि हुन्।

गुरुङले गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका मार्फत निःस्वार्थ सामाजिक सेवा गर्ने हेतुले यस निर्बाचनमा बोर्ड अफ डाइरेक्टर पदकालागि आफ्नो उम्मेदवार घोषणा गरेका छन् र सक्रिय ढंगले अमेरिकाको विभिन्न राज्यहरुमा एनआरएनए अमेरिकाको चुनावी अभियानमा दौडिरहेका छन् ।

प्रबासमा आफ्नो पहिचानलाई हरेक बर्ष विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्न नेपालीको पहिचान एंव अमूल्य आर्दशलाई माथि उठाउन र प्रविधिले गरेको विकासको रफ्तारसंगै हाम्रा सभ्यता, संस्कृतिहरूलाई, उपयुक्त परम्पराहरूलाई र सुन्दर संस्कृतिहरूलाई संरक्षण गर्दै अगाडि बढाएर समृद्ध बनाउँदै अगाडि लैजाने प्रतिबध्दता ब्यक्त गरेका छन् ।

आगामी नयाँ कार्यकालमा नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक तुल्याउन र एनआरएनको मुख्य एजेण्डा दोहोरो नेपाली नागरिकताको निरन्तरताको लागि जो सुकै अध्यक्ष जितेर आए पनि आफु क्रियाशील भई दृढताका साथ अगाडी बढ्ने गुरुङको अठोट रहेको छ ।

उहाँको नेपालमा विभिन्न सामाजिक संस्थाहरुको माथिल्लो ओहदामा समेत रहेर काम गरिसकेको अनुभव छ ।
कलेज जीवनमा उच्च शिक्षा हासिल गर्दै नेपालमा छदाँ विभिन्न संघ-संगठनमा रहेर सामाजिक सेवामा समर्पित गुरुङले अमेरिकामा पनि विभिन्न सामाजिक संघ-संस्थामा समेत काम र योगदान गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here