मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, आवश्यक मत प्राप्त गर्न कठिन

फ्रन्टलाइन राजनीति । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची राखिएको हो ।

सरकारको साझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनादेखि कर्णाली प्रदेश सरकार अल्पमतमा छ । एमालेले गएको चैत ५ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

frontline

कर्णाली प्रदेशमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् । मुख्यमन्त्री शाहीलाई सरकार टिकाइ राख्नका लागि २१ मत आवश्यक पर्छ । २१ मत प्राप्तीका लागि काँग्रेस र एमालेका सांसदहरुको सहयोग आवश्यक देखिन्छ । सहयोग नमिलेमा कर्णाली प्रदेश सरकार पुनर्गठन हुने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here