मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता
शनिबार, काठमाण्डु । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
शनिबार भट्ट र प्रचण्डबीच काठमाण्डुमा भेटवार्ता भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरबदलको चर्चा चलिरहेका बेला मुख्यमन्त्री भट्टले प्रचण्डलाई भेटेका हुन् ।
भेटका क्रममा उनीहरुबीच प्रदेश सरकार फेरबदलबारे कुराकानी भएको बताइएको छ ।
स्रोतका अनुसार प्रचण्डले वर्तमान प्रदेश सरकार तत्कालै परिवर्तन हुने सम्भावना कम रहेको बताएका थिए ।
सुरुमा संघीय मन्त्रिमण्डल विस्तार हुने र त्यसपछि प्रदेश सरकारको नेतृत्व माओवादीले नै गर्ने वा अन्य पार्टीले गर्नेबारे निर्णय गरिने प्रचण्डले बताएका थिए ।
माओवादीले नेतृत्व गर्दै आएको प्रदेश सरकार अब कांग्रेस वा माधव समूहको नयाँ पार्टीले नेतृत्व गर्ने चर्चा छ
प्रतिक्रिया दिनुहोस्