मिसन साक्षर कलब र घोडी देवि समाज कल्याणलाई आसमान नेपालले तीन -तीन लाख दिने घोषणा
मेवालाल यादव
माघ १८ गते , रौतहट
रौतहटको सदरमुकाम गौरमा अवस्थित सियापैलेसको सभाहालमा आज भि . एस . ओ .को आर्थिक सहयोग र आसमान नेपालको आयोजनामा बिधालय ब्यवस्थापन समिति , सिकाइ वातावरण र स्वास्थ्य सुबिधा संचालन तथा ब्यवस्थापन समितिहरु र गुणस्तरीय सेवाहरुको प्रवर्द्धनका लागि स्थानीय युवा कलबहरुसंग साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।भि .एस . ओ. आर्थिक सहयोग र आसमान नेपालद्वारा संचालित ( GEMS) पालिका शिक्षाको दिगोपन र मुल प्रवाहिकरणका लागि शक्तिकारण परियोजना अन्तर्गत आसमान नेपालको रौतहट जिल्ला संयोजक सन्जय कुमार यादवको अध्यक्षयतामा कार्यक्रम सुरु भएको थियो ।
गौर नगरपालिकाको मिसन साक्षर कलब र गढिमाइ नगरपालिकाको घोडी देवि समाज कल्याणलाई आसमान नेपालले तीन – तीन लाख बराबरको वडामा स्वास्थ्य , शिक्षामा सुधार गर्नका लागि रकम दिएको साथै अरु कलबलाई ७०-७० हजार रुपैया दिने आसमान नेपालको रौतहट जिल्ला संयोजक सन्जय कुमार यादवले बताउनुभयो ।
स्वास्थ्य सम्बन्धि शारीरिक , मानसिक , सामाजिक , आत्यमिक , भावनात्मक र स्वास्थ्यको सामान्य परिचय बनाउन सामाजिक निर्धारणहरु तथा दिगो बिकासको लक्ष्यमा स्वास्थ्य सेवाको स्वास्थ्य बिकासको एक महत्त्वपूर्ण मुद्दा हो वहाँले बताउनुभयो ।साथै आधारभुत स्वास्थ्य सेवाको सामान्य परिचय बनाउने र स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समिति संरचना सम्बन्धि कार्यक्रमको प्रस्तोता रुपेश पन्डितले बताउनु भयो ।
रौतहट जिल्लाको गौर नगरपालिकाको वडा न . २,४,५,६,७ र गढिमाइ नगरपालिकाको वडा न . १,४,६,७,८ वडाका युवा कलबहरुमा भि . एस . ओ .को आर्थिक सहयोग र आसमान नेपालको आयोजनामा बिधालय ब्यवस्थापन समिति , सिकाइ वातावरण र स्वास्थ्य सुबिधा संचालन तथा ब्यवस्थापन समितिहरु र गुणस्तरीय सेवाहरुको प्रवर्द्धनका लागि स्थानीय युवा कलबहरुसंग साझेदारी गरि कार्यक्रम संचालनमा रहेको भि . एस . ओ .को राष्ट्रिय स्वयंसेवक आरती पटेलले बताएकी छिन ।
सो कार्यक्रममा आसमान नेपालको कार्यक्रम प्रबन्धक डा. बिरेन्द्र सिंह स्वास्थ्य सहकार्ता मन्जु रजक , भि .एस . ओ. राष्ट्रिय स्वयंसेवक आरती पटेल, रौशन साह लगायत गौर नगरपालिका र गढिमाइ नगरपालिकाको युवा कलबहरुबाट महिलापुरुषहरुको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्