मिनिट्रक दुर्घटना, २० यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर
धादिङ । नीलकण्ठ नगरपालिकास्थित बगैँचा भन्ने स्थानमा भएको सवारी दुर्घटनामा परी २० जना यात्रु घाइते भएको छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित खरी भन्ने स्थानबाट सदरमुकामतर्फ आउँदै गरेको स्वराज मिनि ट्रक दुर्घटनामा परेको हो । ग्रामिण सडकबाट आएको सो ट्रक दुर्घटनाको कारण ब्रेकफेल भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मिनि ट्रकको ब्रेक फेल भई रोकिराखेको ट्रिपरमा ठक्कर खाएको थियो ।
सामान्य घाइतेहरुलाई धादिङ अस्पतालमा उपचारको लागि लगिएको छ भने गम्भिर घाइते ६ जनालाई काठमाण्डौतर्फ थप उपचारका लागि पठाउने तयारी भएको छ ।
विरामी काठमाडौँ लैजान पृथ्वी राजमार्गमा समस्या भएपछि उनिहरुलाई हेलिकप्टरको माध्यमबाट काठमाण्डौँ पठाउने तयारी भएको अस्पताल श्रोतले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्