मिथिला मध्यपरिक्रमामा सहभागी तीर्थालुको मृत्यु

२३ फागुन, जनकपुरधाम । मिथिला मध्यपरिक्रमामा सहभागी एक तीर्थालुको सोमबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहारकी ५० बर्षीया प्रमिला देवी दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

frontline

परिक्रमा टोली जलेश्वर पुगेको बेला जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा पोखरीको सिँढीमा रिंगटा लागेर लडेकी थिइन् ।

उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here