मिडियासँगको सम्बन्ध सुधार्न तालिबानद्वारा समिति गठन
सोमबार, काठमाण्डु । तालिबानले मिडियासँगको सम्बन्ध सुधार्न एक समिति गठन गरेको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले मिडियासँगको सम्बन्ध सुधार्नका लागि त्रिपक्षीय समिति गठन गरेको बताएका छन् ।
यस समितिमा तालिबानका प्रतिनिधि, मिडिया प्रोटेक्शन एसोसिएसनका प्रमुख र काबुल पुलिसका एक अधिकारी रहनेछन् ।
यसअघि, अन्तर्राष्ट्रिय पत्रकार महासंघका उपमहासचिव जेरेमी डियरले तालिबानले कब्जा गरेपछि अफगानिस्तानमा काम गर्न अत्यन्तै चुनौतीपूर्ण भएको बताएका थिए ।
उनले भने, ‘अफगानिस्तानमा पत्रकारहरुलाई धम्की दिइन्छ र महिला पत्रकारहरुलाई काम गर्न बाट रोकिन्छ । यसै बीच, त्यहाँ अफगानिस्तान मा धेरै मिडिया संस्थाहरु बन्द गरिएको छ ।’
तालिबानले मिडियाका बारेमा के भने?
अफगानिस्तान कब्जा गरेपछि तालिबानले यस पटक उसको शासन पहिलेको भन्दा फरक हुने बताएको छ ।
इस्लामिक चरमपन्थी संगठनले अफगानिस्तानमा मिडियालाई केही शर्तमा काम गर्ने स्वतन्त्रता हुने बताएको थियो । तालिबानले महिलाहरुलाई शरिया अनुसार काम गर्न दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्