‘मिटिङ’मा सहभागी हुन निस्किएका लोकगायक लामा घर फर्कन पाएनन्

११ फागुन, काठमाडौं । लोकगायक तथा कलाकार जयनन्द लामा मृत अवस्थामा फेलापरेका छन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित सचेतमार्गमा बस्दै आएका ६६ वषीय लामा कारभित्रै मृत फेलापरेका हुन् ।

frontline

प्रहरीका अनुसार लामा हिजो साँझ करिब ७ बजे ‘मिटिङ’मा सहभागी हुने भन्दै बौद्धतिर निस्किएका थिए । बौद्ध गएका लामा घर भने फर्कन पाएनन् ।

आज बिहान करिब ७ बजे आफ्नै घरअगाडि उनी बा३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा मृत फेलापरेका हुन् ।

उनी राति २ बजे घरतर्फ आएको बताइएको छ । तर, आफन्तले बिहान हेर्दा उनी मृत फेलापरेका थिए ।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here