माल्टा हिँडेका सातजनालाई अध्यागमनले फर्कायो

१६ फागुन, काठमाडौं । अध्यागमनले माल्टा हिँडेका सातजनाको यात्रा रोकेको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले माल्टा जान लागेका ७ जनालाई  फर्काइदिएको छ।

आइतबार  उनीहरु भारतहुँदै माल्टा हिँडेका थिए। श्रम स्वीकृतिसमेत नभएपछि ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ।

frontline

एयर इन्डियाको जहाजबाट उनीहरु माल्टा जाने तयारीमा थिए। उनीहरुसँग माल्टाको श्रम स्वीकृति थिएन। मानव तस्करको सञ्जालमा परेको आशंकामा अध्यागमनका अधिकारीहरुले उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो।

आइतबार अध्यागमनबाट फिर्ता हुनेमा ललितपुरका सुजन तामाङ, धादिङका वीरसिंह तामाङ र मंगले तामाङ,सुनसरीका कुवेर कोइराला, कास्कीका अनुप लामिछाने, लम्जुङका बिमला लुँइटेल र  स्याङ्जाका किरन गुरुङ रहेका छन्।

मानव तस्करहरुले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरुलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाइ गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here