मालीमा भएको आतङ्ककारी हमलामा कम्तीमा सोह्र जना सैनिकको मृत्यु

बामाको २२ असोज (रासस÷सिन्ह्वा) ः मालीमा यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् ।

मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ ।

frontline

मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए । बुधबार यहाँको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आतंककारीहरुले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो ।

सो आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो । यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here