मायाको चिनो सम्बन्धी खर्च नगर्न गोकर्णेश्वर नगरपालिकाको निर्देशन

२२ माघ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मायाको चिनो वितरणमा खर्च नगर्ने भएको छ ।

आइतबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले एक सूचना जारी गर्दै अनावश्यक खर्च कटौती गर्ने नीति अनुरुप नगरपालिकाको बजेटबाट सञ्चालन हुने, नगरपालिकासँग सम्झौता गरेर सञ्चालन हुने कुनै पनि कार्यक्रममा मायाको चिनो सम्बन्धी खर्च नगर्न निर्देशन दिएका छन् ।

frontline

सूचनामा भनिएको छ ‘कार्यक्रम फछ्र्यौट गर्दा मायाको चिनो सम्बन्धी बिल समावेश गरिएको पाइएमा कार्यक्रम फछ्र्यौट हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here