मापदण्ड मिचेर अव्यवस्थित रुपमा जग्गा प्लटिङ

श्रोत: ईन्टरनेट

राज्यको सम्पदा, सम्पती बचाउने हामी सबैको दायित्व हो तर आफु फिल्डमा उत्रिँदा वडाका जनप्रतिनिधि अनुहार समेत देखाउन आउँदैनन् ।

काठमाडौं, १९ वैशाख । चन्द्रागिरी नगरपालिकाको अव्यवस्थित जग्गा प्लटिङको विषयलाई लिएर मेयर घनश्याम गिरीले चिन्ता व्यक्त गर्नु भएको छ ।

frontline

पछिल्लो समय चन्द्रागिरी नगरपालिकाका विभिन्न स्थानमा प्लटिङका नाममा खोलानाला, राजकुलो, मठ, मन्दिर, पाटी, पौवा, वन र प्रति जग्गामा गरिएका प्लटिङहरुले सार्वजनिक जग्गा मिच्ने क्रम बढेकोमा मेयर गिरीले चिन्ता प्रकट गर्नु भएको हो ।

मापदण्ड मिचेर अव्यवस्थित रुपमा जग्गा प्लटिङ भएको थाहा हुँदाहुँदै स्थानिय वडा जनप्रतिनिधिहरु मौन रहने क्रम बढ्यो । म एक्लै कता कता भ्याउने ? प्लटिङका नाममा भु-माफियाहरु सक्रिय भइरहने ?

मलाई गाह्रो भयो, राज्यको सम्पदा, सम्पती बचाउने हामी सबैको दायित्व हो तर आफु फिल्डमा उत्रिँदा वडाका जनप्रतिनिधि अनुहार समेत देखाउन आउँदैनन् ।

मैले मात्र के के भ्याउने ? कता कता भ्याउने ? एक स्थानका लागि एक चोटी प्रहरी प्रशासन गुर्हायो । फेरि उही क्षेत्रमा विना स्विकृत डोजर चल्यो भनेर तपाईहरु समाचार बनाउनु हुन्छ ।

स्थानिय वडाका जनप्रतिनिधि दिउँसै आँखा चिम्लिन्छन् । मैले केहि बुझ्न सकिन, मेयर गिरी भन्नु हुन्छ ।

भुमाफियाहरुका प्लटिङमा हुने डोजर आतंक अनैतिक रुपमा बढेको छ । यो विषय राष्ट्रिय रुपमै चासोको विषय बनिरहेको छ ।

वहाँले उल्टै प्रश्न गर्नु भयो, खुलेआम विना स्विकृत डोजर आतंक मच्चिएको छ । अब वडाका अध्यक्ष, जनप्रतिनिधिहरुको घरमा स्थानियहरु र तपाई मिडियाकर्मीहरुले नघेरे सम्म समस्या समाधान नहुने बताउनु भएको छ ।

भुगर्व विभागसँग प्लटिङ गरि डाँडै खार्नेहरुले स्विकृती लिएका छैनन्, भन्ने हाम्रो प्रश्नमा उहाँले थप आक्रोस पोख्दै भन्नु भयो, नगरपालिकालाई आँखा छल्नेहरुलाई  भुगर्भ  विभाग र शहरी बिकास प्राधिकरणको के मतलव होला र ? यसका लागि हामी सबै एक जुट हुन जरुरी छ ।

पछिल्लो समय प्लटिङका नाममा चन्द्रागिरी नगरपालिकाका बिभिन्न वडाहरुमा भु-माफियाहरुको धन्दा मौलाएको छ । कतिपय भुमाफियाहरुका प्लटिङमा हुने डोजर आतंक अनैतिक रुपमा बढेको छ । यो विषय राष्ट्रिय रुपमै चासोको विषय बनिरहेको छ ।

त्यसो त, चन्द्रागिरी नगरपालिका वडा ४ थानकोटस्थित हिमचुली वस्तीमा खोलामाथि भब्य बंगलाहरु निर्माण भएका छन् । चन्द्रागिरी नगरपालिका वडा १, २, ८ र १० मा भइरहेका जग्गा प्लटिङका विषयमा खुलेर नकारात्मक टिप्पणी हुन थालेका छन् । 

कतिपय स्थानमा सार्वजनिक जग्गा मिचेर कम्पाउण्ड सहितका घर, बंगलाहरु बनिसकेका खबर हामीले यस अघि प्रकाशित गरिसकेका छौं । त्यस्ता प्रकारका घर, जग्गाको पुर्जा कसरी बन्यो ? यो विषयमा गहनरुपले अनुसन्धान गर्नु पर्ने देखिन्छ ।  

उता, जग्गा प्लटिङ भन्दै डाँडै खारेर गरिएका प्लटिङका बारेमा काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीसँग हामीले केहि प्रश्न गरेका थियौं ।

डाँडाको भाग खार्दा स्थानीय सरकार र स्थानीयबासीसँग समेत छलफलगरि निश्कर्ष सहित भु-गर्भ विभागबाट समेत स्विकृत लिनु कानुनी प्रावधान भएपनि कसैले पनि कानुन पछ्याएको छैन ।

 भु-गर्भ विभागसँग स्विकृत नलिँइ डाँडाको भाग खार्ने डोजरनै चलाउन नपाईने बताउनु हुन्छ डा. भाइकाजी तिवारी । काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. तिवारीले संचारकर्मी छायाचन्द्र भण्डारीसँगको कुराकानीमा यस्तो कुरा जानकारी गराउनु भएको हो । 

प्लटिङ गर्दा यथास्थितिको डाँडालाई ख्याल गरि ३० डिग्री सम्म कोल्टो पार्न सकिने तर ९० डिग्रीनै खार्न नमिल्ने उहाँको कानुनी भनाई छ ।

यथास्थितीको डाँडामा प्राबिधिक समुहले परिक्षण गरि  एक मिटर त्यो पनि ३० डिग्रीको कोणमा मात्र खार्न सकिने कानुनी प्राबधान रहेको उहाँले जानकारी दिनु भयो । 

तर, चन्द्रागिरी सहित नार्गाजुन र तार्केश्वर नगरपालिकामा भए गरिएका डाँडा क्षेत्रका प्लटिङमा कुनै पनि मापदण्ड पुर्याइएको छैन ।  

डाँडाको भाग खार्दा स्थानीय सरकार र स्थानीयबासीसँग समेत छलफलगरि निश्कर्ष सहित भु-गर्भ विभागबाट समेत स्विकृत लिनु कानुनी प्रावधान भएपनि कसैले पनि कानुनत पछ्याएको छैन ।

यस बिषयमा पटक-पटकको न्यूजअभियान डटकम र अभियान टाइम्स साप्ताहिकले खबरदारी गर्दै आइरहेको छ ।

खबरदारी अभियानमा तारबार लगाउने ध्येयले भुमाफियाहरुबाट धम्की आउने क्रम बढेको छ ।

तर, खबरदारी गर्ने क्रम रोकिएको छैन र रोकिने पनि छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here