माधव नेपालसँग आफूहरू ढिलो-चाँडो एक ठाउँमा हुन्छौं : प्रचण्ड

फाइल तस्बिर

१० पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग आफूहरू ढिलो-चाँडो एक ठाउँमा हुने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘माधव नेपालसँग हामी ढिलो-चाँडो एक ठाउँमा हुन्छौं। हामी यसअघि पनि आफैं छुट्टिएको होइन।’

frontline

यसअघि पनि आफूहरूले प्रयास गरेको भन्दै ढिलो- चाँडो मिल्ने उनले बताएका हुन्।

‘निर्वाचन हामीकहाँ निषेध छैन। यसअघि पनि हामीले यसको प्रयास गरेका थियौं।’

नेतृत्व भनेको औपचारिकमात्र नभई विचार र जनमत बोकेको हुनुपर्ने उनको भनाइ छ।

‘नेतृत्व भनेको औपचारिकमात्र होइन विचार र जनमत बोक्ने हुनुपर्छ, जसरी पनि निर्वाचन जितेर नेतृत्व सही आउँछ भन्ने पनि हुँदैन’,

उनले भने, ‘हामी बुर्जुवाले जस्तो निर्वाचन चाहँदैनौं तर हामी निर्वाचान हुनुहुँदैन पनि भन्दैनौं।’

उनले निर्वाचन र मूल्यांकन दुवै हुनुपर्ने बताए।

‘निर्वाचन र मूल्याकंन दुवै हुनुपर्छ, हामीले हिजो यसै प्रचण्डपथ छोडियो कुनै विकल्प ल्याइएन भन्ने हो, फेरि प्रचण्डपथ ल्याउन पर्छ भन्ने होइन’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here