माधव नेपाललाई कोरोना संक्रमण
२७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा असहजता देखिएपछि नेपालको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनी यसअघि कोरोना संक्रमण पुष्टि भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कन्ट्याकट्रेसिङमा परेका थिए।
प्रतिक्रिया दिनुहोस्