माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको पत्र अझै रौतहट आइपुगेन्

६ कात्तिक, रौतहट । केन्द्रिय निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको पत्र अझैपनि रौतहट प्रहरीका आइपुगेको छ्रैन् ।

निर्वाचन आयोगले कार्तिक ३ गते जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र एक पत्र काटेर रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका नेपालबाट निर्वाचनको समयमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले सो सम्बन्धमा निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको थियो ।

frontline

सो पत्र सोही दिन संचारमाध्यम तथा सामाजिक संजाल मार्फत सार्वजनिक भएको थियो । तर ४ दिन भइसक्दा पनि निर्वाचन आयोगको सो पत्र आधिकारिक रुपमा जिल्ला प्रहरी कार्यालयमा नआएको कार्यालय प्रमुख प्रहरी उपरिक्षक विर बहादुर बुढाले जानकारि दिए ।

निर्वाचन आयोगको आधिकारिक माध्यमबाट सो पत्र जिल्ला प्रहरी कार्यालयमा आएपछि के कारवाही पक्रिया अगाडि बढाउने बारेमा निर्णय लिने उनको भनाइ छ ।

यता नेकपा (एमाले) को तर्फबाट सो क्षेत्रमा उम्मेदवार बनेका अजय गुप्ताले प्रविधिको जमाना पनि ४ दिनसम्म पत्र आइनपुग्नु अचम्मको कुरा भएको बताउँछन् ।

उनले सर्वत्र सार्वजनिक भइसकेको निर्वाचन आयोगको सो पत्र रौतहट प्रहरीमा नआइपुग्नु आफैमा आश्चर्यको विषय भएको भन्दै प्रहरीले माधव नेपाललाई जोगाउन चलखेल गर्न लागेको आशंका व्यक्त गरेका छन् ।

उनले तत्कालै यस विषयमा प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरेका छन् ।

रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपालले एकसाता अगाडि एक चुनावी कार्यक्रममा आफूले चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए ।

निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन–२०७३ को दफा २० (१) (च) मा कुनै उम्मेदवार वा प्रतिनिधिले कुनै लोभलालच वा आर्थिक प्रलोभन देखाउन नपाउने व्यवस्था छ ।

निर्वाचन (कसुर तथा सजाय ऐन, २०७३ को दफा २) को उपदफा ऐनको उपदफा (१) को खण्ड (च) मा उम्मेदवारले कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था भएपनि नेपालले युवाहरुलाई फ्रि भिसा युवाहरुलाई मलेसिया पठाउने, काठमाडौंमा तालिम दिने लगायतका प्रलोभन दिएका थिए ।

उनले भनेका थिए ‘ बेटा बेटीके रोजगारीको बात करु । देश के अन्दर या देश के बाहर । बिना ढेवा के । फ्रि भिसा, फ्रि टिकट । फ्रि के मतलब बिना ढेवा के । बिना ढेवा के भिसा मिल्तै । बिना ढेवा के टिकट मिल्तै । बिना ढेवा के काठमाडौंमे तालिक मिल्तै । ओकरो एक सुरुवात हो गइल हे , सुरु होइला पर तब न बेसी होतै ।’

यसै विषयमा लिएर निर्वाचन आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा माधव नेपाल होईन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले छानविन पश्चात केन्द्रिय निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारवाहीको लागि पत्रचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here