मादी गाउँपालिका कार्यालय बेतेनीमा सार्ने प्रस्ताव

कास्कीको मादीगाउँपालिकाको कार्यालय सार्ने तयारी गरिएको छ । अहिले सञ्चालनमा रहेको याङजाकोटबाट बेतेनीमा सार्ने तयारी थालिएको हो ।गाउँसभाले ४ वटा विकल्पसहित प्रदेश सरकारलाई सिफारिस पठाएको थियो । प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर बेतेनीमा कार्यालय सार्न उपयुक्त हुने सिफारिस संघमा पठाएको छ ।

गाउँसभाले पहिलो विकल्पको रूपमा प्रस्ताव गरेको बेतेनीमा गाउँपालिका कार्यालय सार्न सकिने सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । ‘स्थानीय सरकारले सिफारिस गरेकै नाम संघमा पठाइएको हो’, उनले भने, ‘पालिकाबाट प्राथमिकताका आधारमा आएको नामबाट पहिलो नामलाई प्रदेशले छनोट गरेको हो ।’अघिल्लो वर्ष पुसमा भएको गाउँसभाले वडा नम्बर ४ र ५ को सिमानामा पर्ने बेतेनीमा गाउँपालिका कार्यालय राख्न उपयुक्त हुने ठहर गरेको थियो । विरोध भएपछि विकल्पमा अरू ३ वटा नामसमेत समेटिएको……………

frontline

https://statementandresponse.com/public/user/baglung

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here