माण्डवी नेपाल प्रति दिएको अन्तवार्ताको कुरा सबै झुटो रहेको पीडितको बयान ।

मेवालाल यादव
मंसिर २७ , रौतहट

frontline

रौतहट जिल्लाको माधवनारायण नगरपालिका बिसुनपुर्वा मानपुरमा माण्डवी नेपालले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको थियो ।

पछिल्लो चैत्र महिनामा भएको आगलागीबाट पिडितहरुलाई माण्डवी नेपालले गरेको सहयोग सराहनीय रहेको सोही वडाका स्थानीय वडा नं -४ का वडा अध्यक्षका छोरा रामकलेबर मुखियाले बताउनु भयो ।

आगलागी पिडितहरुलाई माण्डवी नेपालले समझौता अनुसार पटक पटक गरि तिन किस्तामा एकाउन्ट पे.ई चेक द्वारा रु १,५०००० (एक लाख पचास हजार ) प्रत्येक पिडितहरुलाई भुक्तानी भईसकेको पिडित परिवारले बताउनुभयो ।

हिजो दिएको अभिव्यक्ति बारे सोहि पिडितहरुसंग सोद्धा पिडितहरुले भने भुल चुकले हिजो पत्रकारलाई अन्तवार्ता दिएको बताउनुभयो । हिजो अन्तवार्ताको कुरा सबै झुटो रहेको माधवनारायण नगरपालिका वडा नं- ४ का आगलागी पिडितहरुको भनाइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here