माडीमा आफ्नै आमाको खुर्पा प्रहार गरी हत्या

१३ असार, चितवन । माडीको स्याउलीबासमा आफ्नै आमालाई खुर्पा प्रहार गरी हत्या गरेका अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

माडी नगरपालिका वडा नं ६, स्याउलीबास निवासी ३७ वर्षका अर्जुन तामाङले सोमबार दिउँसो करीब ३ः१५ बजे खुर्पा प्रहार गरी आफ्नै आमा ५५ वर्षकी मायादेवी तामाङको हत्या गरेका थिए ।

frontline

ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले छोरा तामाङलाई नियन्त्रणमा लिएको हो ।

घरबाट १०० मिटर पर मकैबारीमा अर्जुनले पछाडिबाट आमालाई खुर्पा प्रहार गरेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख सन्तोष खड्काले जनाउनुभयो ।

खुर्पा प्रहारबाट मायादेवीको घाँटी करिबकरिब छिनेको र घटनास्थलमै ज्यान गएको हो ।

घटनालगत्तै स्याउलीबास र वरपरको गाउँमा शोक छाएको छ । मृतककै परिवारका अन्य सदस्यहरु शोकमा विक्षिप्त रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको माडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here