माझी उत्थान समिति बेलकालाई नगरप्रमुखद्वारा कार्यालय व्यवस्थापन तथा कृषि सामग्री हस्तान्तरण

बेलका नगरपालिकाले माझी समुदायको संस्थागत क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले माझी उत्थान समिति बेलकालाई कार्यालय व्यवस्थापन तथा कृषि प्रयोजनका सामग्री हस्तान्तरण गरेको छ।

बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीज्यूले समितिका अध्यक्ष शेरबहादुर माझीलाई टेन्ट, टेबल, कुर्सी तथा मकै रोप्ने मेसिन हस्तान्तरण गर्नुभयो।

frontline

उक्त अवसरमा नगरप्रमुख अशोक कार्कीज्यूले समुदायको संस्थागत विकास, सामुदायिक गतिविधिको प्रभावकारी सञ्चालन तथा आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत आयआर्जन वृद्धि गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

कार्यक्रममा नगर उपप्रमुख जिरा राईज्यू, नगरप्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष टंकप्रसाद आचार्यज्यू लगायत नगरपालिकाका कर्मचारी तथा माझी उत्थान समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here