माओवादी केन्द्र कावासोती पार्टी कार्यालयको उद्घाटन

श्रोत : ईन्टरनेट

कावासोती । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार उद्घाटन गरेको छ । शनिबार कावासोतीमा जिल्ला पार्टी कार्यालयको माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान शर्मा गैरेले पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

नेकपा एमालेसंग पार्टी एकता भएपछि एकै ठाउँबाट पार्टी कार्यालय सञ्चालनमा आए पनि पार्टी विभाजन पछि माओवादी केन्द्रले आफ्नो पुरानै कार्यालय रहेको घरमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको हो ।

frontline

माओवादी केन्द्रका जिल्ला सचिव मित्रशरण शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा शर्माले नेपाली कम्युनिष्ट आन्दोलन यति बेला जटिल अवस्थामा आएको बताउँदै पुन ईमान्दार कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताए ।

यसैबीच नेकपा माओवादी केन्द्रले शनिबार नै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको आठौं स्मृति कार्यक्रम कावासोतीमा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुरको आयोजनामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here