माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्ने

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (साेमबार) पनि बस्ने भएको छ ।

गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । पार्टी महासचिव लगायतका पदाधिकारीहरु चयनको टुंगो भने अझै लाग्न सकेको छैन् ।

frontline

पदाधिकारीका आकांक्षी धेरै देखिनु र महासचिवमा कसलाई लैजाने भन्ने अन्योलका कारण अध्यक्ष पुष्पकमल दाहाल यस पटक पनि पदाधिकारी चयनलाई थाँती राख्ने पक्षमा रहेको बुझिएको छ ।

तर अन्य नेताहरुले भने बैठक लम्ब्याएर भएपनि पदाधिकारी चयन टुंग्याउनु पर्नेमा जोड दिईरहेका छन्।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here