‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो : विप्लव

फाइल तस्बिर

२८ कात्तिक, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्ने बताएका छन् । तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त रहेको उनको भनाइ छ ।

धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा विप्लवले एकता सम्भव रहेको भन्दै अघि भने, ‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ।’

frontline

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् ।

गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्थमा वृद्धि गरिको शुल्क पनि फिर्ता गर्न विप्लवको माग छ ।

शनिबार बिहान उनले कैलाली कारागारका कैदीबन्दीहरूसँग समेत भेटघाट गर्दै त्यहाँको अवस्थाका विषयमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here