माओवादी केन्द्रको र्‍यालीमा हिँडेको गाडी दुर्घटना हुँदा २० जना घाइते

१४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको र्‍यालीमा हिँडेको निसान गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्।  माओवादी केन्द्रको खाँडादेवी गाउँपालिकाको अधिवेशनका लागि र्‍यालीमा सहभागी हुन पकरवासबाट माकादुम जाँदै गर्दा पकरबासमा गाडी दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएका ६ जनालाई काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए।

frontline

‘पकरबासबाट माकादुम जाने क्रममा ना ७ ख ६७६७ नम्बरको निसान गाडी दुर्घटना भएको हो।’  उनले भने, ‘२० जना घाइते भएका थिए, जसमध्ये ६ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ। बाँकी १४ जना सामान्य उपचारपश्चात घर फर्किएका छन्।’ 

श्रेष्ठका अनुसार १८ वर्षीया अस्मिता माझी, २६ वर्षीय खड्गबहादुर माझी, ३४ वर्षीय हर्क माझी, १८ वर्षीय गणेश माझी, ५१ वर्षीय ध्रुव माझी, १९ विपिनराज गिरीलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो।

तीव्र गतिमा रहेकाले उक्त गाडी दुर्घटनामा परेको बताइएको छ। घटना लगत्तै घाइतेको उद्धार गरेर मन्थली ल्याइएको ‍थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here