माओवादी केन्द्रको जारी बन्दसत्र पुनः सुरु

फाइल तस्बिर

१८ पुस, काठमाडौं । राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशका क्रममा जारी बन्दसत्र पुनः सुरु भएको छ ।

स्थायी कमिटी बैठक सकिएपछि बन्दसत्र सुरू गरिएको हो । सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने प्रयासका लागि बन्दसत्र स्थगित गरिएको थियो ।

frontline

सहमति जुटाउन पार्टीको स्थायी कमिटी बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा बसेको थियो ।

सहमतिमै नेतृत्व चयन गर्ने भनिए पनि आकांक्षी धेरै भएपछि माओवादीलाई केन्द्रीय सदस्य छान्न सकस परेको छ।

शनिबारको बन्दसत्रबाट पारित विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here