माओवादी उपमहासचिव वर्षमान पुनको चीनमा क्वारेन्टीनमा उपचार शुरू

२२ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को चीनमा क्वारेन्टीनमा उपचार शुरू गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टीनमा उपचार शुरू भएको हो ।

चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्व अर्थ र ऊर्जामन्त्री समेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

frontline

चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकको परामर्शमा शुक्रवार फलोअप उपचारका लागि दुबई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

पुन पत्नीसमेत रहेकी पूर्व सभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन् । नेपालबाट जाँदा जण्डिसको मात्रा २७ रहेकोमा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here