माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । सुर्खेत–१ मा गठबन्धनबाट चुनाव जितेका खड्का बुधबार काठमाडौं आएका हुन् ।

उनले बुधबारै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बधाई आदानप्रदान र सरकार निर्माणका विषयमा छलफल गरेका थिए ।

frontline

उपसभापति खड्का बिहीबार माओवादी अध्यक्ष दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको छ । त्यस्तै, निर्वाचनको परिणामको समीक्षा र नयाँ सरकार गठनका विषयमा समेत छलफल भएको छ ।

‘सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भयो, त्यसका लागि गठबन्धनमा रहेका दलसहित अन्य दलहरूलाई समेत सामेल गर्ने गरी छलफल भइरहेको विषयमा कुराकानी भयो,’ खड्कानिकट स्रोतले भन्यो ।

चुनाव जितेर फर्किएका खड्काले बिहीबारै सादगी नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को आश्रममा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here