माओवादीको स्थगित तराई–मधेश जागरण अभियान चैत २२ गतेबाट

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थगित तराई मधेस जागरण अभियान चैत २२ गतेबाट सुरू हुने भएको छ ।
सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानको मोडालिटी परिवर्तन गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।




उनकाअनुसार चारदिन लागातार अभियन गरेपछि एकदिन ब्रेक लिइनेछ । अभियानमा प्रतिगामी षड्यन्त्रविरूद्ध बुद्धिजिवी र गणतन्त्र पक्षधरसँग अन्तर्कृया गरिने शर्माले बताए । आजको बैठकमा आन्तरिक विषयमा बढी छ्लफल केन्द्रित भएको भन्दै बैठक भोलि पनि बोलाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्