माइजोगमाईमा सम्पन्न शिविरबाट ११४ जना लाभाम्वित

माइजोगमाई गाउँपालिकाका प्रत्येक वडामा आँखा जाँच गर्ने निःशुल्क शिविर सुरु भएको छ । वडा नम्बर-४ को नेपाल ज्योति माध्यमिक विद्यालयमा भएको शिविरमा ११४ जनाले सेवा लिएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताइन् ।
उनका अनुसार विद्यार्थी र ५० वर्षभन्दा माथिका नागरिकका लागि शिविर सञ्चालन गरिएको हो । इलामस्थित नेपाल नेत्र ज्योति संघ र माइजोगमाई गाउँपालिकाको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।




पालिकाका अनुसार शिविरमा आँखा जाँचसँगै नि:शुल्क चस्मा वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्