महेश बस्नेत फेरी विवादमा

काठमाडौं । केही समय अगाडि सांसद अपरहणको वात लागेका एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसदहरू अपहरणमा परेको दाबी गरेका छन् ।

एमालेका नेता बस्नेतले बाबुराम भट्टराई–उपेन्द्र यादवले महन्त ठाकुर–राजेन्द्र महतोका सांसदहरू अपहरण गरेको आरोप लगाएका हुन् ।

frontline

बस्नेतले बुधबार फेसबुकमा स्टाटस लेखेर जसपाका तीन जना सांसद अहपरणमा परेको दाबी गरेका छन् ।

जसपाभित्रको आन्तरिक राजनीतिमा एमालेका नेता बोलेर विवादमा परेका छन् । उपेन्द्र यादव, बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतो एउटै पार्टीका नेताहरू हुन् ।

एउटै पार्टीको नेताहरूले सांसद अपहरण गर्ने आरोप एमालेका नेताले लगाएपछि बस्नेतमाथि आशंका सोझिएको उपेन्द्र यादवको सचिवालयले गरेको छ । अध्यक्ष यादवको सचिवालयले महेश बस्नेतलाई आफ्नो औकातमा रहेर बालुवाटारको झुठो खान सचेत गराएको छ । सचिवालयले भनेको छ, ‘महेश बस्नेत को हो हामीलाई थाहा छ । महेशहरू आफ्नो औकातमा बस्नुपर्छ । उहाँको पृष्ठभूमि सबैलाई थाहा छ ।’

‘आज बाबुराम र उपेन्द्र यादवहरूले महन्त ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने तीन जना साँसदहरूलाइ कहाँ लुकाएर राख्नु भएको छ ? के तिनीहरू अपहरणमा परेका होइनन् ?’, प्रश्न गर्दै एमाले नेता बस्नेतले भने, ‘लुम्बिनी प्रदेशका सांसदहरूलाई घरी एउटा निर्णय, घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णयबिना फेक हस्ताक्षर गरेर चार जना साथीहरूको सांसद पद खाएर कसको स्वार्थको लागि कसको सेवा गरिरहनुभएको छ ?’

‘बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चहना र उपेन्द्रको मनमा रहेको उप–प्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि यस्त हर्कत किन गर्नुभएको छ ?’, नेता बस्नेतले प्रश्न गरेका छन् ।

गण्डकी प्रदेशमा अविश्वासको मत हाल्दा दिन पोखरामा रहेका एमालेका नेता बस्नेत राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाही भर्ना भएको एमालेकै सांसद राजिव पहरीको अस्पतालमा देखिएका थिए ।

कोरोना रिपोर्ट नेगेटिभ भएका शाहीलाई एकैछिनमा रिपोर्ट पोजेटिभ देखाएर अस्पताल भर्ना गरिएको थियो । जनमोर्चाले एमालेले आफ्ना सांसद अपहरण गरेको आरोप लगाएको थियो ।

एमाले र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्का गुरुङलाई सांसद गायब बनाएको आरोप लागेका बेला नेता बस्नेत त्यही अस्पतालमा पुगेर राजिव पहरीको स्वागत खाएका थिए । मुख्यमन्त्री गुरुङले पनि अपहरणमा परेको भनिएका सांसद शाहीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुगेका थिए ।

जनमोर्चाका नेताहरूलाई सांसद शाहीलाई भेट्न दिइएको थिए । त्यसको साइड इफेक्ट भएर बुधबार एमालेका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बनेका छन् ।

एमालेका नेता बस्नेतले तत्कालीन संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई तराईबाट अपहरणको आरोप लागेको थियो । बस्नेतलाई एमालेका सांसद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले साथ दिएका थिए ।

बेलाबेला विवादमा परिरहने नेता बस्नेतले खड्गप्रसाद ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्छन् । ओली निकट मानिने बस्नेत राजनीति गर्नुभन्दा अगाडि ‘डन’, ‘गुण्डा’को भएको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here