महेश बस्नेतविरुद्धको मुद्दा उच्च अदालतले गर्‍यो खारेज

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो ।
न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ । यो सँगै बस्नेतले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।
यसअघि जिल्ला अदालत काठमाडौँले पनि खारेज हुने फैसला सुनाएको थियो । पीडित भनिएकी एक महिलाले बस्नेतबाट आफू पटकपटक पीडित भएको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here