महिमानसिंह विष्टलाई १ लाख धरौटीमा छाड्न आदेश

ai logo समाचार सारांश

  • सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट १ लाख धरौटीमा रिहा भएका छन्।
  • विष्टलाई नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेको आरोप लागेको थियो।
  • प्रहरीले विष्टविरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो।

काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए । उनीविरुद्ध प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

frontline

अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए । 

महिमानसिंह |विष्टसर्वोच्च |अदालतधरौटी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here