महाशिवरात्रीमा करिब १० लाख दशनार्थी आउने अनुमान

१० फागुन, काठमाडौं ।  पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रीमा  करिब १० लाख दशनार्थी आउने अनुमान गरेको छ ।

कोषले मंगलबार पत्रकार सम्मेलन गरी शिवरात्रीको अवसरमा मेला भर्न र पशुपतिनाथको दर्शन गर्न १० लाख दर्शनार्थी आउने अनुमान गरेको हो ।

frontline

पत्रकार सम्मेलनमा परिषद् सदस्य मिलन कुमार थापाले शिवरात्रीको तयारी सुरु भएको बताए ।

सदस्य सचिव थापाले भने,’ शिवरात्री पर्व धुमधामका साथ मनाउन विभिन्न उपसमिति बनाइएको छ ।  हामीले तयारी सुरु गरिसकेका छौं । ‘

कोषले मेला भर्न आउने दर्शनार्थीको सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । कोषले साधुसन्तका लागि धुनी जगाउन ३५ हजार किलो दाउरा व्यवस्था गरेको छ ।

महाशिवरात्रिको तयारी गर्न  संस्कृति , पर्यटक तथा नागरिक उड्यान मन्त्री प्रमेबहादुर आलेको अध्यक्षतामा २ सय ५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here