महालक्ष्मी बैंक र एमएडब्लु भेहिकल् बिच सम्झौता

श्रोत : ईन्टरनेट

शनिबार, काठमाडौँ  । महालक्ष्मी विकास बैंक लि. र एमएडब्लु  वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि बिच सम्झौता भएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्लु  वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग आज शक्रबार सम्झौता गरेको हो ।

frontline

उक्त सम्झौता अनुसार एमएडब्लु  वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बाट ग्राहकहरुले Foton ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशत सम्म कर्जा प्रवाह गरिने बैंकका प्रवक्ता दिपेश लम्सालले जानकारी दिए ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. को सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुने प्रवक्ता लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here