महालक्ष्मी नगरपालिका र अस्पताल बीच सम्झौता
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि केयर एण्ड क्यूर हस्पिटलसँग सम्झौता गरेको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठ र अस्पतालका डा. प्रेम देवानले वैशाख २३ गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अस्पतालबाट नगरपालिका भित्रका कोभिड-१९ का बिरामीहरूलाई अक्सिजन थेरापीसहितको केयर सर्भिस उपलब्ध गराउने छ । बिरामीको उपचार गरे वापत अस्पतालले नेपाल सरकारको निर्णय बमोजिमको शुल्क शोधभर्ना पाउने छ ।
अस्पतालका अनुसार हाललाई कोभिड हाई केयर आइसोलेसन युनिटमा १० बेड सञ्चालनमा ल्याइएको र यसलाई क्रमशः बढाइँदै लगिने छ।
नगरप्रमुख श्रेष्ठले बिरामीको चाप अनुसार उक्त युनिटमा ३० बेडसम्म सञ्चालनमा ल्याइने बताए ।
प्रतिक्रिया दिनुहोस्