महालक्ष्मीले पिसिआर परीक्षणमा ५० प्रतिशत छुट दिने

धनकुटाको महालक्ष्मी नगरपालिकाले पिसिआर  परिक्षणका लागि  ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । लक्षण देखिएका कोरोनाका बिरामीको उपचार तथा पिसिआर परिक्षणमा ५० प्रतिशत रकम छुट दिने निणर्य गरेको हो । गम्भिर प्रकृतिका कोरोनाका बिरामीका लागि उपचारमा समेत केही सहुलियपुर्ण निर्णय गरिने महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिनु भयो ।  नगरपालिकाले कोभिड बाट मृत्यु  भएका व्यतिको लागि शब व्यवस्थापनका लागि समेत काम भैरहेको र धार्मिक मुल्य मान्यता अनुरुप नै उचित ठाउँमा मृतकको शब व्यवस्थापनको व्यवस्था गरिने नेपालले बताउनु भयो । साथै नगरप्रमुख नेपालले लक्षण देखिएका कोरोना भाइरसका बिरामीको लागि अस्पतालमा आवश्यक बेड र आइसियुको प्रबन्ध गरिएको समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here