महालक्ष्मीको एघारौँ नगरसभा सम्पन्न

फ्रन्टलाइन, देश । ललितपुर महालक्ष्मी नगरपालिका ललितपुरले एघारौँ नगर सभा भव्य रुपमा सम्पन्न गरेको छ । पुस २० गते नगरपालिकाले नगरसभा सम्पन्न गरेको हो । नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षता र बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा महालक्ष्मी नगरपालिका ललितपुरको एघारौँ नगरसभा सम्पन्न भएको हो ।
नगर उपप्रमुख निर्माला थापाद्वारा दशौँ नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०७८÷७९ को बजेट, योजना तथा कार्यक्रम संसोधन सम्बन्धी प्रस्ताव र विनियोजन विधेयक २०७८ (पहिलो संशोधन) माथि छलफल भई नगरसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको छ।
त्यसैगरी सो बैठकमा सभा सदस्य नन्द कुमार न्यौपानेबाट आर्थिक विधेयक २०७८ (पहिलो संशोधन) सभासमक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ। महालक्ष्मी नगरपालिकाको एघारौँ नगरसभामा कार्यपालिकाले चालु आ.व. श्रावणदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव सभा सदस्य रेश्मा के.सीद्वारा सभासमक्ष पेश भई सर्वसम्मतीले पारित गरिएको छ ।
एघारौँ नगरसभामा प्रदेश सभा सदस्य माधवप्रसाद पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here