महामारीसँग जुध्ने सामर्थ्य बढाउनुपर्छ : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरससहित विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य बढाउनुपर्ने बताएका छन् ।

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताएका हुन् ।

frontline

केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैल्दै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्ण रुपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य हामीले विकास गर्नुपर्ने खाँचो छ’ उनले भने ।

प्रधानमन्त्री देउवाले क्यान्सरजस्ता घातक र नसर्ने रोगहरुको समयमै उपचार हुने व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरुले ध्यान दिनुपर्ने बताए ।

‘भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोगहरु छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ’ उनले भने, ‘हामीेले पनि नसर्ने रोगका विरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता छ ।’

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिवद्ध रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here