महामारीले क्षति पु¥याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

टोकियो, २५ असोज (रासस ÷सिन्ह्वा) ः जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले परिवर्तन ल्याउने बताउनुभयो ।

frontline

उहाँले जापानमा आम निर्वाचनको अभियानको शुरुवात गर्दै सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– जापानमा महामारीका कारण आर्थिक अवस्थामा असर पारेको छ र त्यसको पूर्तिका लागि मैले आर्थिक प्याकेजहरु ल्याउने प्रण गर्दछु ।

आफूले यस अन्तर्गन अरबौँ रुपैयाँको यस्तो आर्थिक प्याकेज ल्याउने र महामारीका कारण प्रभावित भएका यहाँका कम्पनीहरुलाई सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

जापानमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रभाव बढी मात्रामा देखिएको छ र यसबाट नागरिकहरु प्रभावित भएका छन् ।

साथै यहाँका कम्पनीहरुमा भाइरसको प्रकोपले आर्थिक क्षति गराएको बताइएको छ । ती कम्पनीहरुले सरकारसँग आर्थिक सहायताको माग गरिरहेका छन् । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here