महामारीका बीच आन्तरिक उडानमा सर्वाधिक यात्रुले हवाई यात्रा गरेको रेकर्ड

फाइल तस्बिर

३० पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीका बीच आन्तरिक उडानमा सर्वाधिक यात्रुले हवाई यात्रा गरेको रेकर्ड कायम भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार सन् २०२१ मा कुल ३५ लाख ९ हजार ७ सय १८ जना यात्रुले आन्तरिक तर्फ हवाई यात्रा गरेका छन् ।

frontline

यो आन्तरिक तर्फ अहिलेसम्मकै उच्च हो । सन् २०२० मा हवाई यात्रा सबैभन्दा बढी खुम्चिएको थियो । सो वर्ष कडा लकडाउनको सामना गरेका वायुसेवा कम्पनीले त्यसपछि खुलेको समयमा यात्रु आकर्षित गर्न आकर्षक प्याकेज ल्याएका थिए ।

यति एयरलाइन्स र बुद्ध एयरले आन्तरिक ट्राभल प्याकेज नै ल्याएर यात्रु आकर्षित गरेका थिए । यसको प्रभाव आन्तरिक उडानमा देखिएको छ ।

सन् २०२० मा मात्र १४ लाख ५७ हजार ५ सय ३९ यात्रुले यात्रा गरेका थिए । त्रिभुवन विमानस्थलबाट १७ लाख ९१ हजार १ सय ४५ यात्रु बाहिरिएका थिए । १७ लाख १८ हजार ५ सय ७३ जना यात्रु काठमाडौं भित्रिएका थिए ।

यात्रुको तथ्यांक 

वर्षबाहिरिने यात्रुभित्रने यात्रुकुल यात्रु
२०१५६,८३,१३०६,८०,९१८१३,६४,०४८
२०१६८,८०,८९८८,७६,७०११७,५७,५९९
२०१७१२,४९,८५७१२,०१,५३३२४,५१,३९०
२०१८१४,२०,५८०१३,७५,६९४२७,९६,२७४
२०१९१६,५१,२३०१५,३७,२४९३१,८८,४७९
२०२०७,५१,६६२७,०५,८७७१४,५७,५३९
२०२११७,९१,१४५१७,१८,५७३३५,०९,७१८

बुद्धले बोक्यो सर्वाधिक यात्रु

आन्तरिक उडानमा बुद्ध एयरको बजार हिस्सा सबैभन्दा धेरै रहेको छ । त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार बुद्धले सन् २०२१ मा कुल १९ लाख १३ हजार २९ जना यात्रुलाई सेवा दिएको छ ।

दोस्रो स्थानमा यति एयरलाइन्स रहेको छ । यतिले यो वर्ष कुल ८ लाख १ हजार १ सय ६४ जना यात्रु बोकेको छ । तेस्रो स्थानमा श्री एयरलाइन्स रहेको छ । श्रीले एक वर्षको अवधिमा ५ लाख ४० हजार ३ सय ९८ जना यात्रुलाई सेवा दिएको तथ्यांक छ ।

चौथो स्थानमा सौर्य एयरलाइन्स रहेको छ । उसले एक वर्षमा १ लाख ३४ हजार १ सय ५३ यात्रु बोकेको तथ्यांक छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको भने आन्तरिक उडानमा नगन्य हिस्सा रहेको छ ।

एक वर्षमा नेवानिमार्फत मात्र २० हजार २ सय ८ जना यात्रुले सेवा लिएको तथ्यांक छ । बुद्धले एक वर्षमा कुल ३४ हजार ५ सय ३६ वटा उडान गर्दा नेवानिले मात्र १६७९ उडान मात्र गर्न सकेको छ । जसले नेवानिको बजार हिस्सा निकै कमजोर देखिन्छ ।

आन्तरिक वायुसेवा कम्पनीलाई कोरोना भाइरसको तेस्रो लहरले भने डर थपेको छ । सरकारले अहिले यात्रामा प्रतिवन्ध लगाउने गरी कुनै निर्णय गरिसकेको छैन ।

तर, हवाई यात्राका दौरान खोप कार्ड भने अनिवार्य गर्दैछ । यो निर्णय माघ ७ बाट कार्यान्वयनमा ल्याउने गरी लागु गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरिसकेको छ । यसले पुनः हवाई यात्रा भने प्रभावित हुने डर वायुसेवा कम्पनीसँग छ ।

बुद्ध एयरले बिहीबार एक सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै हवाई यात्रुमध्ये ९५ प्रतिशतसँग खोप कार्ड भएको उल्लेख गरेको छ ।

यसले हवाई यात्रा अझ सुरक्षित हुने र आगामी दिनमा यात्रा प्रभावित नहुने विश्वास कम्पनीले लिएको छ ।

वायुसेवा कम्पनीहरुले हवाई यात्रामा दौरान लागु गरेको प्रोटोकलका कारण सार्वजनिक सडक यातायातको तुलनामा हवाई यात्रा सुरक्षित रहेको समेत कम्पनीहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here