महानगर टार्गेटमा बालाजु माछापोखरी क्षेत्र, अवैध संरचना भत्काउने तयारी
२७ भदौं, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अवैध संरचना भत्काउने अभियान जारी राखेका छन् ।
महानगरपालिकाको टोली आज बालाजुस्थित माछापोखरी क्षेत्रमा खटिने बताइएको छ ।
त्यस क्षेत्रमा निर्मित अवैध संरचना र मापदण्डविपरीतका संरचना हटाउने तथा भत्काउने तयारी छ ।
माछापोखरीस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपास रहेका अवैध संरचना हटाउने तथा मापदण्ड मिचेर सञ्चालनमा रहेका व्यापारिक स्थान खाली गराउने महानगर प्रहरीले जनाएको छ ।
यसअघि सुरुमा सुनधारास्थित काठमाडौं मल र सो क्षेत्रका अवैध संरचना तथा व्यवसाय हटाएको महानगरले न्युरोड, असन, बानेश्वर, बालाजुको नयाँ बसपार्क, कोटेश्वर, गौशाला लगायत क्षेत्रमा अवैध संरचना हटाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्