महानगरले जिल्ला अदालतसँग माग्यो नक्सापासको प्रतिलिपी
८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडाैं जिल्ला अदालतलाई नक्सापासको प्रतिलिपी मागेको छ ।
महानगरले भवनको नक्सापास भएको प्रतिलिपी पठाउन भन्दै पत्र काटेको हो ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार अदालतलाई पत्र काटेर नक्सा सम्बन्धी विवरण पठाउन भनिएको बताए ।
उनले अदालतले नक्सा पास नगरेको भए अदालतमा पनि डोजर चलाउने चेतावनी दिएका छन् ।
पछिल्लो समय बालेन डोजरसहित अनधिकृत घर टहरा भत्काउदै हिँडेका छन् ।
प्रतिक्रिया दिनुहोस्