महानगरपालिका वडा न. १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन,भोलि शोक विदा

 काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ ।

क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो ।

frontline

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । उनले क्यान्सरको उपचार यहीँ गराउँदै आएका थिए ।

२०१३ साल पुस १४ गते जन्मिएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक१ दिन शोक विदा दिने भएको छ । उनको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।

विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here