महानगरको टोलीमाथि ढुंगामुढा प्रहार, दुई दर्जन बढी नगर प्रहरी घाइते,नर्भिकमा उपचार हुँदै

१२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई दर्जन बढी घाइते नगर प्रहरीहरूको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गरिएको छ । 

थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढा प्रहार गरेका थिए । ढुंगामुढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरूको नर्भिकमा उपचार भएको हो । 

frontline

घाइते नगर प्रहरीहरूलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुला क्षेत्रमासमेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरूले उपचार गरेका थिए । 

अस्पतालले काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको अस्पतालले जनाएको छ । 

अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरूको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here