महाकाली राजमार्ग अवरूद्ध

फाइल तस्बिर

१५ असार, दार्चुला । गएरातिकाे अविरल वर्षाका कारण महाकाली राजमार्ग अवरूद्ध भएकाे छ । शैल्यशिखर नगरपालिका-६ ग्वानी र वडा नम्बर ९ नकतड क्षेत्रमा पहिराे खस्दा सडक अवरूद्ध भएकाे प्रहरीले जनाएकाे छ ।

शैल्यशिखर नगरपालिकाकाे गाेकुलेश्वरदेखि ग्वानी क्षेत्रमा पहिराेले अवरूद्ध सडक खुलाउन शंकरपुरबाट जेसीभी गएकाे जिल्ला प्रहरी कार्यालयले बताएकाे छ ।

frontline

शैल्यशिखर नगरपालिका क्षेत्रमा अवरूद्ध सडक भने सञ्चालन नभएकाे स्थानीयले बताएका छन् । सडक अवरूद्धका कारण गाेकुलेश्वरबाट सदरमुकाम जाने गाडीहरू गाेकुलेमै राेकिएकाे स्थानीय गणेशसिंह धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here