महाकालीमा संरचना निर्माणको विषयमा नेपाल सरकारद्वारा भारतलाई कूटनीतिक नोट

२० मंसिर, काठमाडौं । महाकाली नदीको बहाव नेपालतिर धकेलेर संरचना निर्माण गरिएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासलाई परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।

परराष्ट्रले भारतलाई पठाएको कूटनीतिक नोटमा नेपालको सहमतिबिना संरचना निर्माण गरिएको र यसबाट नेपालतर्फ क्षति पुगेको उल्लेख गरिएको छ । नोटमा सीमा क्षेत्रमा संरचना बनाउनुपरेको खण्डमा दुबै मुलुकको सहमति र समन्वय हुनपर्ने समेत उल्लेख छ ।

frontline

यस्ता घटना नदोहोर्‍याउनका लागि कूटनीतिक रुपमा समाधान खोजिनुपर्ने पनि उक्त नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here