महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकल विलासी वस्तुको आयात प्रतिबन्ध असोज २८ सम्म

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकल (विलासी वस्तु)को आयात प्रतिबन्ध असोज २८ गतेसम्म थप लम्ब्याएको छ ।

उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

frontline

सरकारले गत बैशाख १३ गते राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाइएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै उक्त ४ वस्तु (महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकल)मा भने सरकारले प्रतिबन्ध याथावत् राखको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सूर्तिजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

यसका साथै सरकारले गत वैशाख १३ गतेको प्रतिबन्धलाई थप कसिलो बनाउँदै ३१ असारमा १४ भदौमा (४४ दिन) सम्मका लागि प्रतिबन्ध थप गरेको थियो ।

तर, व्यवसायीहरुले भने महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सीसी भन्दा माथिका मोटरसाइकलको आयात खुलाउन सकारलाई निरन्तर दबाव दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here