मस्कोमा बस दुर्घटना, पाँचको मृत्यु, २१ जना घाइते
१८ पुस, मस्को । मस्कोको दक्षिणी भागमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका रुसी अधिकारीहरूले बताएका छन् ।
रुसको फेडरल रोड ट्राफिक इन्स्पेक्शन एजेन्सीले रियाजान क्षेत्रमा स्थानीय समय अनुसार बिहान ५ः४५ बजे दुर्घटना भएको बताएको छ ।
‘दुर्घटनाको परिणाम स्वरूप पाँच जनाको मृत्यु भयो भने २१ जना घाइते भए’, एजेन्सीले टेलिग्राममा उल्लेख गरेको छ ।
एजेन्सीका अनुसार बस रेलमार्गको पुलको पिलरमा ठोक्किएको हुन सक्छ ।
दुर्घटना मस्कोबाट २७० किलोमिटर (१७० माइल) दक्षिणमा पर्ने भोस्लेबोभो गाउँ नजिकै राजमार्गमा भएको एजेन्सीले जनाएको छ ।
अधिकारीहरुका अनुसार बसमा जम्मा ४९ जना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस्