मलेसियामा बेरोजगारी दर घट्यो

क्वालालम्पुर

२३ असोज (रासस÷सिन्ह्वा) ः मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन् ।

frontline

उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो ।

“कोरोनाभाइरसको महामारीका कारण न्युन हुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो,” एक अधिकारीले भने ।

मलेसियामा खोप लगाउन योग्य मध्ये झण्डै ८८ प्रतिशतले खोप लगाएकाले पनि महामारी कम हुदै गएको र आर्थिक गतिविधि बढी हुदै गएको हो ।

“महामारी न्युनिकरण भएको सकारात्मक अवस्थाले अर्थतन्त्रमा पनि सकारात्मक नतिजा दिएको हो,” एक अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here