मबारे प्रकाशित समाचारका सम्वन्धमा
प्रेस नोट
आज केही सञ्चार माध्यममा मबारे प्रकाशित समाचार झुट हुन् । देशलाई शीरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव छ । देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पुरै खाली छ । जतिसुकै विकशित भए पनि हरेक देशमा अर्थ-राजनीतिक रूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक-सामाजिक रूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ । नेपालमा अहिले त्यस्तो पार्टी छैन । त्यसैले, समाज र राजनीतिलाई सन्तुलनमा राख्न र यो देशलाई बढ्दो भूराजनीतिक भूमरीबाट जोगाउन ‘राष्ट्रियता’को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि म पहिलेदेखि नै एकीकरण/ध्रुवीकरणको पक्षमा भएको मैले लुकाएको छैन । म एक्लै कतै जोडिएर त्यो संभव छैन तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन/एकीकरण/ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ । अनुमान र एक पक्षीय रूपमा दिइएको सूचनाको भरमा समाचार प्रकाशित नगरिदिन विनम्र अनुरोध गर्दछु।
रवीन्द्र मिश्रमिति : ०१ असार २०७९
प्रतिक्रिया दिनुहोस्